देवचुलीमा एकैपटक ३३ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीको देवचुली नगरमा शनिबार एकै दिन ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि संकलन गरिएका ९७ स्वावको पिसिआर परीक्षण गर्दा एकै पटक ३३ जनामा कोभिड १९ देखिएको हो ।

संक्रमण देखा परेका मध्ये २ जना यस अघि देखि क्वारेन्टाईनमा बसेका संक्रमित हुन भने अन्य सवै समुदायमा देखा परेको नयां केश भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।

देबचुली नगरपालिकामा हाल सम्म कोरोना संक्रमितको संख्या १ सय ४९ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ रहेको छ ।