भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेका कारण देशभर सामान्य बदली हुने मौसम प्रर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, शनिबार राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।