खोलाले बगाउँदा बाबु छोरी बेपत्ता


घनश्याम बगाले, नवलपरासी । 

पूर्वी नवलपरासीको अरुणखोलाले बगाएर एकै घरका बाबु छोरी बेपत्ता भएकाछन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार खोलाले बगाएर बेपत्ता हुनेमा मध्यविन्दु १५ तल्लो भिउरानका बाबु र छोरी रहेकाछन् ।

शुक्रबार दिउसो २ बजे खोलाले बगाई ल्याएको दाउरा समात्ने क्रममा ४५ वर्षीय बाबु भूपाल क्षेत्री र उनकी छोरी १४ वर्षीया सुजिता क्षेत्रीलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

भूपालकी श्रीमती ४३ वर्षीया सानी क्षेत्रीलाई भने खोलाले बगाउदै गर्दा स्थानीयले सकुसल उद्धार गरेका थिए । बेपत्ताहरुको खोजतलास भै रहेको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।