कर्णालीमा सुरक्षाकर्मी,कर्मचारी, शिक्षक,विद्यार्थी,बैंकका कर्मचारीसहित ११४ जनामा कोरोना संक्रमण


दिपेन्द्र शर्मा,सुर्खेत ।

कर्णालीमा प्रदेशमा विहिवार थप ११४ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेत/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा एक सय ५ र दैलेख अस्पातल दैलेखमा ९ जनामा गरि गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या तिन हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका मात्रै ६४ जना रहेका छन । दैलेखका ९ जना, जाजरकोटका ६ जना, सल्यानका १ जना, हुम्ला १ जना, जुम्ला १ जना,रुकुम पश्चिम १ जना, कालिकोटका ४ जना, डोल्पा ३ जना, कैलाली ३ जना, वाँके ३ जना, वर्दिया २ जना, कञ्चनपुरका २ जना र अछामका २ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य महाशाखा प्रमुख वृषवहादुर शाहीले जानकारी दिनुभयो ।

त्यस्तै पाल्पा , रोल्पा र सर्लाहीका १/१ जना रहेको शाहीले जानकारी दिनुभयो । विहिवार संक्रमित हुनेमा धेरै जसो सुरक्षाकर्र्मी, कर्मचारी, विद्यार्थी, शिक्षक, बैंकका कर्मचारीहरु रहेका छन ।

२८ जनाले कोरोना जिते

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर २८ जना डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतवाट ६ जना, दैलेख अस्पताल नारायण आइसोलेशन दैलेखवाट २ जना, चामुण्डा आइसोलेशन सेन्टर दैलेखवाट ४ जना, वीरेन्द्रनगर होमआइसोलेशन सुर्खेतवाट २ जना वीरेन्द्रनगर आइसोलेशन सुर्खेतवाट १२ जना, वीरेन्द्रनगर होटेल आइसोलेशन सुर्खेतवाट १ जना र दुल्लु अस्पताल दैलेखवाट १ जना रहेका छन ।

यो सँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुई हजार छ सय ३३ जना पुगेको छ । मन्त्रालयका अनुसार कर्णालीमा संक्रिय विरामीको संख्या तिन सय ८९ जना रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।