काठमाडौं उपत्यकामा संक्रमितको संख्या १४ हजार २७९ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आज थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार २ सय ७९ पुगेको छ । काठमाडौंमा ११ हजार ७ सय ४६ ललितपुरमा १ हजार २ सय ४७ र भक्तपुरमा १ हजार १ सय ८६ संक्रमित पुगेका छन्।