कोरोनाबाट आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३८३ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणका कारण आज थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ सय ८३ पुगेको छ ।आज मृत्युु हुनेमा ३ महिला र १ पुरुष गरी चार जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । नेपालमा मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत रहेको छ ।