आज थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार २४३ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना डिस्चार्ज भएकासँगै देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ। हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको गौतमले बताए ।