पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पूर्व प्रधानन्यायाधीश सिंहको निधनप्रति दुख व्यक्त

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनप्रति दुख व्यक्त गर्नुभएको छ ।

स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शाहले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । सिंहको आश्विन १ गते बत्तिसपुतली स्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको हो ।

उनी सर्वोच्च अदालतको दोस्रो प्रधानन्यायाधीश बन्न सफल व्यक्ति थिए । २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश बनेका सिंह २०१६ साल असार १६ गते सम्मा प्रधानन्यायाधीशका रुपमा कार्यरत थिए । २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष समेत भएका थिए ।