फेरी घट्यो सुनको मूल्य, तोलाको कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य पतितोला ९ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हाजर ५ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै बुधबार प्रतितोला ९७ हजार रुपैयाँ रहेको तेजावी सुनको मूल्य बिहीबार प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदीको मूल्य १३ सय २० रुपैयाँ प्रतितोला रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।