नेपाल बैंक तथा लिसंखु गाउँपालिकाबीच सम्झौता


काठमाडौं, (नेस)

नेपाल बैंक एवम् सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाबीच उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ ।

गाउँपालिकाले सञ्चालन गर्न लागेको ‘अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम’ ले गाउँपालिकाबासीलाई व्यावसायिक कृषि, तथा पशुपन्छीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रवद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसायलगायतका अन्य पहिचान गरिएका क्षेत्रमा वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायिक एवम् उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदान गरी गाउँपालिकाको विषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रबद्र्घनगर्न सहयोग पुग्नेछ ।