राष्ट्रिय झण्डा जलाउने थुनामा


हेटौंडा, (नेस)

नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यसहित म्युजिक भिडियो निर्माण गर्ने समूहका एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ। बाँकीलाई तारेखमा रिहा गरिएको छ।

जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। चालकमान दोङ, सञ्जय भनिने हुत्तबहादुर तामाङ र सञ्जीवकुमार घिसिङ धरौटी तारेखमा छुटेका छन्।

उनीहरुलाई जनही १५ हजार धरौटी तोकिएको थियो। लाबु तामाङ भनिने लबाङ्माया तामाङ, मीमबहादुर बोम्जन, कमलबहादुर तामाङ, अरुण थामी, सन्तबहादुर योञ्जनलाई साधारण तारेखमा रिहा गरिएको छ।