सिडनी,(एजेन्सी) ।
कोरोना भाइरसको कारण लगाइएको लकडाउनको विरोध गरेको कारण मेलवर्नमा एकजना पुरुषलाई निमर्म यातना दिएको अभियोगमा एकजना अष्ट्रेलियाली प्रहरी अधिकारीलाई निलम्वित गरिएको छ । पक्राउ गर्ने क्रममा प्रहरीको कारले ठोकाइएपछि ३२ वर्षिय ति व्यक्तिको टाउको बेस्सरी लात्ताले हानिएको पुष्टि भएको हो ।
अचेत अवस्थामा पुगेका उनको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ । यस घटनाको भिडियो फुटेज भाइरल भएपछि उनको परिवारले घटनाको स्वतन्त्र छानविन हुनुपर्र्ने माग गरेका छन् । भिक्टोरिया प्रहरीले आन्तरिक इकाइले यसको अनुसनधान गरिरहेको जनाएका छन् ।
सरकारले घर भित्रै रहन दिएको आदेश उल्लंघन गर्दै कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको विरोधमा विरोध प्रदर्शनमा उत्रेका सत्तरी जना भन्दा बढि अष्ट्रेलियालीलाई सोमवार प्रहरीले मेलवर्न शहरमा गिरफतार गरेका छन् । करिव दुई सय पचास जना मानिस अवैध ढंगले सडक प्रदर्शनमा उत्रेको प्रहरीले जनाएको छ । यसै साता भएको यो दोश्रो विरोध प्रदर्शन प्रयास हो ।
प्रहरीका अनुसार अधिकांश प्रदर्शनकारी निकै उग्र देखिएको र तिनीहरुले आफुहरु माथि हिंसात्मक आक्रमण गर्ने चेतावनी दिएको बताएका थिए । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लकडाउनका नियमहरु खुकुलो पार्ने तयारी भइरहेकाबेला यो प्रदर्शन हुन लागेको थियो ।
भिक्टोरियामा जुलाईको शुरु देखि नै लकडाउन लागु हुँदै आएको थियो । भिक्टोरिया अष्ट्रेलियाको कोभिड १९ महामारीको केन्द्र विन्दु भएको छ । अष्ट्रेलियाभरिकै कूल भाइरस संक्रमित र मृतक मध्ये क्रमशः ७५ र ९० प्रतिशत यहिंकै रहेका छन् ।
यस राज्यमा विपत्ति काल अर्को एक महिना थपिने भएके छ । प्रहरीलाई जन स्वास्थ आदेश लागु गर्न प्रहरीलाई थप अधिकार दिइएको छ । अर्को सुचना जारी नहुन्जेल सम्मका लागि भिक्टोरियाको संसद भवन पनि बन्द गारइएको छ ।
प्रतिक्रिया