आज ६७६ जना थपिएसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९२४ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ६७६ कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।

काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।