आज थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६२ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनको संख्या ५६ हजार ७८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घन्टामा थप १ हजार ६२ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ४० हजार ६३८ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। १० हजार ३७५ जनाको आज पिसिआर परीक्षण भएको छ।