साईकलसँग मोटरसाईकल ठोक्किँदा एकको मृत्यु


बुद्ध नेपाली, सिन्धुली ।

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकामा सोमवार राती मोटरसाईकल र साईकल एकआपसमा ठक्किएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट दुधौलीतर्फ आउदै गरेको लु ५८ प २६३८ अस्थाई नंम्बरको मोटरसाईकल र विपरित दिसााट गईरहेको साईकल दुधौली नगरपालिकामा –७ सुगारेमा एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकलको पछाडी सवार सुनसरीको ईटहरी घर भई हाल लघु उद्योग बित्तिय संस्था दुधौली शाखाको शाखा प्रमुख पदमा कार्यरत २६ बर्षका यादव ढुङ्गानाको मृत्यु भएको हो । दुर्घटनामा टाउकोमा गहीरो चोट लागि गम्भिर घाईते भएका यादवको उपचारकाक्रममा सिराहाको फुल कुमारी अस्पताल कर्जनाहा अस्पतालमा सोमवार ११ः५० बजे राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मोटरसाईकलका चालक वाराको निजगढ नगरपालिका– ७ घर भई हाल आरम्भ माईक्रो फाईनस दुधौलीमा काम गर्दै आएका २४ बर्षका अनिल घिमिरेको हात र खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान्य उपचार पछि मोटरसाईकल चालक घिमिरे प्रहरीको नियन्त्रणमा रहेका छन् ।