काँग्रेस जिल्ला कार्यसमिति मनाङद्वारा अध्ययन केन्द्रका अध्यक्ष तथा पदाधिकारीलाई सम्मान


न्युज अफ नेपाल, मनाङ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनाङले प्रजातान्त्रिक विचार समाज र सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष एवं पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको छ ।

सोमवार जिल्लाको नासो गाऊँपालिका स्थित धारापानीमा आयोजित एक कार्यक्रममा उपसभापति एवं जिल्ला समन्वय समिति मनाङ संयोजक यज्ञप्रसाद घले, सचिव सुरेन्द्र गुरुङ, प्रदेश क का प्रदेश सभापति साङ्दो लामा लगायतका पदाधिकारीहरूले प्रजातान्त्रिक विचार समाज मनाङ र सामाजिक लोकतन्त्र अध्ययन केन्द्र मनाङका अध्यक्ष एवं पदाधिकारीलाई संयुक्त रुपमा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको थियो।

सम्मानित हुनुहुनेमा नेपाल प्रजातान्त्रिक महासंघ मनाङका अध्यक्ष छिरिङ घ्याल्पो पुनेल, उपाध्यक्ष विनोद गुरुङ, सचिव धनवहादुर लामा त्यसै गरी समाजिक लोकतान्त्रिक अध्ययन केन्द्र मनाङका संयोजक गुणराज गुरूङ र सचिव डिलराम गुरुङ लगाएत रहनु भएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं नासों गाऊँपालिकाका प्रमुख चन्द्र घले, नेपाली काँग्रेस मनाङका सचिव विनोद गुरुङ, नेपाली काँग्रेस ज़िल्ला सदस्य एवं नासों गाऊँपालिकाका उपप्रमुख कमलमाया गुरुङ लगायतको उपस्थित रहेको थियो ।

लोकतन्त्रका पक्षमा आवाज मुखरित गर्नका लागि जिल्लामा बिभिन्न पेशा र ब्यवसायमा आवद्व ब्यक्तित्वलाई समेटी विभिन्न फोरम गठन गरिएको काँग्रेस मनाङका सचिव विनोद गुरुङले बताउनु भयो ।

सो कार्यक्रममा उपसभापति यज्ञप्रसाद घलेले लोकतन्त्रको संस्थागत विकासका पक्षमा नितीगत पैरबी गर्न, आमनागारिकका सवाललाई उठान गरी राजनीतिक दल तथा सम्बन्धित निकाएको ध्यानाकर्षण गराउने मुख्य उद्देश्य रहेको बताउनु भयो । वहाँले सामाजिक लोकतन्त्रका मूल आधारहरु स्वतन्त्रता, समानता, विभेद न्यूनीकरण र आर्थिक–सामाजिक न्याय स्थापनार्थ लोकतान्त्रिक समाजवादको सम्बद्र्धन र प्रबद्र्धन गर्दै आम जनताको जीवनस्तरमा उल्लेख्य बृद्धिसँगै समग्र विकासको चाहना पुरा गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो ।

कार्यक्रममा नासों गाऊँपालिका वडा नं ५ का सामाजिक व्यक्तित्व धनवहादुर लामाले आफु संलग्न रहेको पार्टी नेकपा परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नु भएको थियो ।