कर्णालीमा २८ जना कोरोना संक्रमित थपिए

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णालीमा प्रदेशमा मंगलवार थप २८ जनामा कोरोना संक्रमण भएको छ ।

प्रदेश अस्पतालकालागाँउ सुर्खेत/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी पिसिआर परिक्षण प्रयोगशाला रुकुममा गरिएको परीक्षणमा २८जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार आठसय ६३ पुगेको छ । उनीहरू मध्य २७ जनाको स्वाब सुर्खेत र १ जनाको कुमाखगाँउपालिका सल्यानवाट संकलन गरिएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका मात्रै २२ जना रहेका छन । त्यस्तै दैलेखका१ जना, बझाङ्गका १ जना, सल्यानका १ जना ,सर्लाही, वाँके र दांगका १/१ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य महाशाखा प्रमुख वृषवहादुर शाहीले जानकारी दिनुभयो ।

कर्णालीमा २६ जनाले कोरोना जिते

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ३९ जना डिस्चार्ज भएका छन ।

पछिल्लो २४ घण्टामाप्रदेश अस्पताल सुर्खेतवाट ७ जना, तिला आइसोलेशन सेन्टर जुम्लावाट २ जना, हिमा आइसोलेशन जुम्लावाट २ जना, वीरेन्द्रनगर होमआइसोलेशन सुर्खेतवाट २१ जना, महावु आइसोलेशन सेन्टर दैलेखवाट २ जना, दैलेख अस्पातल/नारायण आइसोलेशन सेन्टर दैलेखवाट ३ जना र दुल्लु अस्पताल दैलेखवाट २जना रहेका छन ।

योसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुईहजार पाँचसय ७० जना पुगेको छ । मन्त्रालयका अनुसार कर्णालीमा संक्रिय विरामीको संख्या दुइ सय ८७ जना रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।