फुटपाथ अतिक्रमणविरुद्ध ललितपुर महानगर, फुटपाथमा वर्कसपको काम गरे जरिवाना

0
Shares

न्युज अफ नेपाल, ललितपुर । 

ललितपुर महानगरपालिकाले फुटपाथ अतिक्रमणविरुद्ध काम थाल्ने भएको छ । सहरको सौन्दर्य जोगाउन र र फुटपाथमा हिड्न वटुवालाई सहज होस् भन्दै महानगरले यो काम सुरु गर्न लागेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले फुटपाथमा मोटरसाइकल मर्मतको काम र निर्माण सामग्री थुपारेर फुटपाथ अतिक्रमण भएको बताए । फुटपाथ अतिक्रमण हुन नदिन योजनाबद्ध र चरणबद्ध रुपमा अघि बढ्ने उनले जानकारी दिए ।

पूर्व ट्राफिक प्रहरी निरीक्षक तथा महानगरका नवनियुक्त नगर प्रहरी प्रमुख सिताराम हाँछेथुले नेपाल अटो मेकानिक्स व्यवसायिक संघलाई पत्र लेखेको बताए । उनका अनुसार पत्रमा अटो वर्कसपमा काम गर्दा सार्वजनिक सडक र फुटपाथमा बटुवालाई बाधा पर्ने गरी नगर्न अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, ‘भदौ १ गतेदेखि सवसाधारणलाई बाधा पुग्नेगरी कम गरिएमा कारबाही गरिनेछ ।’ सानो पसल कवल भाडामा लिएर महानगरभित्रका फुटपाथमा पसल कवल भाडा लिएर संचालनमा रहेका मोटरसाइकल वर्कसपको काम हुने गरिएको छ । जसले गर्दा फुटपाथमा हिड्नेलाई अप्ठ्यारो भाइरहेको छ ।

हाँछेथुले पहिलो चरणमा फुटपाथमा त्यसरी वर्कसपको काम नगर्न अटोमेकानिक्स संघसंघको ध्यानाकर्षण गराएको बताए । पत्रमा अटेरी गरे कारबाही गर्ने उल्लेख छ ।

हाँछेथुका अनुसार संघका अध्यक्षलाई नै बोलाएर यस विषयमा आफ्ना सदस्य वर्कसपकहरुलाई सजग गराउन भनिएको छ ।
ललितपुरमा करीब ३ सय वटा वर्कसप संचालनमा रहेको अनुमान छ । धेरैजसो वर्कसपले सानो सटर लिएर वर्कसप संचालन गरेका छन् ।

धरैजसो वर्कसपले सानो सटर लिएर वर्कसप चलाउने र बाइकहरु फुटपाथमा यत्रतत्र पार्किड गराउने गरिएको पाएको हाँछेथुले बताए । फुटपाथमै मोटर साइकल मर्मत गर्दा नगरको सौन्दर्य बिग्रिएको छ । फुटपाथमा हिड्नेलाई पनि समस्या भएको छ ।

हाँछेथुका अनुसार दोस्रो चरणमा फुटपाथबाट निर्माण सामग्री हटाउने अभियान सुरु गरिनेछ । फुटपाथमा निर्माण सामग्री थुपारेर घर वा अन्य भवन निर्माण गर्दा हुँदा फुटपाथमा हिड्नेहरु अप्ठ्यारोमा परेका छन् ।

नगरभित्रका समस्या समाधान गर्न नगर प्रहरी आफैं खटिने हाँछेथुले बताए । परिस्थिति सहज बन्दै गएपछि फुटपाथमा बसेर व्यापार गर्नेलाई पनि हटाउने सन्दर्भ छलफल भइरहेको उनले स्पष्ट पारे । उनले भने, ‘यो महामारीमा कसैलाई अप्ठ्यारो नपारौं भन्ने हो, कोरोना नियन्त्रण भएपछि यो काम थाल्छौं’ हाँछेथुले स्थानीय समुदायलाई साथमा लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विगतका गतिविधिले नगर प्रहरीप्रति जनताको नकारात्मक धारणा विकास भएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सितारामले ले रहेको भन्दै हाँछेथुले नगर प्रहरीको छवि सुधार्ने गरी काम गर्ने दृढता व्यक्त गरे । सहरमा सुव्यवस्था कायम गराउन महानगरपालिकाले बनाएको नीति तथा कार्यक्रम अनुसार दिइएको जिम्मेवारी पुरा गर्ने बताए ।