राजस्व संकलनमा बार्षिक लक्ष्यको ८० प्रतिशत प्रगति प्राप्त गर्ने १२ वटा वडालाई प्रशंशा पत्र


न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरको राजस्व बिभागले बार्षिक लक्ष्यको ८० प्रतिशत प्रगति गर्ने वडालाई प्रशंशा पत्र प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको बिद्युतीय प्रणालीबाट राजस्व निर्धारण तथा संकलन प्रणाली शुभारम्भ सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वडा सचिव र प्रतिनिधिलाई प्रशंशा पत्र प्रदान गर्नुभएको हो ।

यसरी प्रमाण पत्र प्राप्त गर्नेहरुमा वडा १, २, ४, ५, ६, ७, ९ ११, २६, २८, ३१ र ३२ रहेका छन् । यी वडाले क्रमशः ९१.६६, १०५.२२, ८७.२, ८५.८४, ८२.९४, ८१.४९, ८४.३२, ९३.९३, ८६.७९, ९०.०५, ९४.०३ र ९२.३८ प्रगति प्राप्त गरेका छन् । त्यस अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्नुभयो -प्रयास सबैको प्रशंशसनीय थियो ।

कोविडलगायत राजस्व संकलनका बिबिध समस्या थिए । यसका बाबजुद प्राप्त उपलब्धीमा खिन्न हुनुपर्ने अवस्था छैन । यति हुँदाहुँदै पनि महानगरको आन्तरिक श्रोत धेरै छन् । ती श्रोत संकलन र खर्च गर्ने महानगरसँग क्षमता छ । यसकारण बिगतका कमजोरी सुधार गरेर चालु आर्थिक बर्षमा सबैले लक्ष्यमा पुग्ने प्रयास गर्नुपर्छ ।’

महानगरले आ. व. २०७६/०७७ मा वडाबाट ३ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । आर्थिक बर्षको अन्त्यमा लक्ष्यको ७६.६० प्रतिशत अर्थात् २ अवं ७७ करोड २८ लाख ५९ हजार १२० रुपैयाँ संकलन गरेको थियो । लक्ष्यको सबैभन्दा कम वडा २० ले लक्ष्यको १९.५४ प्रतिशत राजस्व संकलन ग¥यो । यो वडालाई २ करोड ५९ लाख ३० हजार रुपैयाँको लक्ष्य दिइएको थियो । यसमा वडाले ५० लाख ६६ हजार ६१७ रुपैयाँ संकलन गरेको थियो ।