कोरोनाबाट एकैदिन १५ जनाको मृत्यु, मृतकको सङ्ख्या ३६० पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रणबाट थप १५ जनाको मृत्यु भएको छ ।५ महिला र १० जना पुरुष गरी कुल १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौँमा ६, मोरङमा २, ललितपुरमा १, भक्तपुरमा १, रामेछापमा १, गोरखामा १, नवलपरासीमा १, पर्सामा १ र कपिवस्तुमा १ गरी १५ जना रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ ।