देशभर आज थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घन्टामा थप ८७९ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा हालसम्म ३९ हजार ५७६ उपचारपछि निको भएका छन्।हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ छ। १० हजार ८७८ सय जनाको आज पिसिआर परीक्षण भएको छ।