इजरायलमा दोस्रो लकडाउन, विरोधमा मन्त्रीको राजिनामा


तेलअभिव (एजेन्सी) ।

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि इजरायलमा पुन एक पटक दशभरी लकडाउन लागु गरिएको छ । यस लकडाउनले यहुदी नयाँ बर्षमा पनि कडा प्रतिबन्ध लागु हुनेछ ।
इजरायलले दोस्रो लकडाउन शुक्रबार देखि लागु हुने गरी तीन हप्ताका लागि लगाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस कदमलाई लिएर भने, हामीले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ ।
इजरायलमा अहिले दैनिक ४ हजार नयाँ संक्रमित देखिएका छन् । तर लकडाउन त्यसतो समयमा लगाइएको छ जुन बेला एक महत्वपुर्ण यहुदी पर्व आइरहेको छ । त्यसैले लकडाउनको विरोधमा एक मन्त्रीले राजिनामा दिएको छ भने सत्तारुढ गठबन्धनमा आफनो पार्टीको समर्थन फिर्ता लिने उनर्ले चेतावनी दिएका छन् ।
जोन हप्किन्स विश्वविद्यालयको आंकडा अनुसार करिब ९० लाख आवादी रहेको इजरायलमा कोविड १९ बाट १ हजार १ सय ८को मृत्यु भइसकेको छ भने १ लाख ५३ हजार भन्दा धेरै संक्रमण पुष्टि भइसकेको छ । हालैका हप्तामा संक्रमित संख्यामा तिब्र बृद्धी आइरहेको छ ।
आइतबार एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री नेतान्याहुले दैनिक संक्रमण संख्या औषत ४ हजार पुगेको जानकारी दिएको हो । यसअघि मार्चको सुरुआतबाट मेको अन्त्यसम्म पहिलो लकडाउन लगाइएको थियो ।
नेतान्याहुले धार्मिक पर्वको विदा मनाउने तयारीमा रहेका यहुदी समुदायलाई लकडाउनबाट समस्या हुने बताए । नयाँ बर्षको यो पर्व आफना यहुदीहरु नातेदारसँग एकै ठाउँमा भेला भएर मनाउँछन् ।
दोस्रो लकडाउनले इजरायलको अर्थब्यवस्थालाई नराम्रो असर पर्ने छ, जुन पहिले नै माहामारीका कारण मदीको चेपेटामा आइसकेको हो । अर्थ मन्त्रालयले यसबाट १ अर्ब ८८ करोड डलर नोक्सान हुने अनुमा गरेको छ ।
प्रधानमन्त्री नेतान्याहुले यो कदम चाल्न आवश्यक भएको बताए । किनभने माहामारीसँग लड्न इजरायलका लागि अर्को उपाय नभएको उनले बताए ।
नेतान्याहूको कोरोना माहामारीसँग लड्ने तरिकाको आलोचना भइरहेको छ । आलोचकहरुले भाइरससँग लड्न उनी असफल भएको त्यसैले दोस्रो देशब्यापी लकडाउन लगाउनु परेको बताएका छन् ।