लमजुङमा १ सय ४९ ले जिते कोरोना


शिक्षा पन्त,लमजुङ ।

लमजुङमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १ सय ४९ पुगेको छ । शनिबार २४ दिनका नवजात शिशुसहित एकैदिन १८ जना र आइतबार थप १० जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएसंगै जिल्लामा कोरोना जित्नेको संख्या १ सय ४९ पुगेको लमजुङ प्रशासनले जनाएको छ ।

पहिलो पटक कोरोना संक्रमण परीक्षण गर्दा पोजेटिभ आएकाहरुको दोस्रो पटक १० दिन पछाडी कोरोनाको जाँच गर्दा पिसिआर रिर्पोट नेगेटिभ आएसंगै कोरोना संक्रमणमुक्त भएकालाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको भनाई छ । आइतबार एकैदिन २७ कोरोनाका संक्रमित थपिएसंगै लमजुङमा संक्रमितको ३ सय १२ पुगेको छ ।

हाल १ सय ६३ जना आइसोलेसनमा रहेका छन् । शनिबार कोरानामुक्त हुनेमा बेसीशहर नगरपालिकाका ९ जना,क्व्होलासोंथर गाउँपालिकाका १ जना,लमजुङमा कार्यरत कर्मचारी ५ जना,मस्र्याङ्दी गाउँपालिकाका १ जना,राइनास नगरपालिकाका १ जना र २४ दिनका नवजात शिशले कोरोनालाई जितेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

र आइतबार कोरोनामुक्त हुनेहरुमा लमजुङमा कार्यरत ४ जना कर्मचारी,बेसीशहर नगरपालीका वडा नं ९ का १ जना, बेसीशहर नगरपालीका वडा नं ७ का ३ जना, सुन्दरबजार नगरपालीका वडा नं. २ का १ जना र क्होलासोँथर गाउँपालीकाका १ जना रहेका छन् ।