सेनाको ब्यारेकमा कोरोना संक्रमण फैलियो २७ जना संक्रमित

0
Shares

सीताराम अधिकारी,धादिङ ।

बैरेनीमा रहेको श्री नम्बर ६ बाहिनी अड्डा का २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि ६ जनामा कोरेना परीक्षणमा पुष्टी भएपछि गरिएको कन्ट्रयाक ट्रेसिङको आधारमा कोरेना पुष्टी भएको हो । यो संगै धादिङमा आइतबार ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्रिपुरासुन्दरी गाउँपलिकामा ३ जना र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।गल्छी गाउँपालिका २१ वर्षका ३ जना, २० वर्षका ४ जना, ३० वर्षका ३ जना, ३५ वर्षका ४ जना, १९ वर्षका २ जना, ३४ वर्षका २ जना, २७ वर्षका २ जना, ३३ वर्षका २ जना, ३६ वर्षका २ जना पुरुष, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गल्छी गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञावालीले जानकारी दिनुभयो ।

गल्छी गाउँपालिकाका २८ जना कोरोना संक्रमण भएकाहरु बैरेनीमा रहेको श्री नम्बर ६ बाहिनी अड्डा (नेपाली सेनाको ब्यारेक) मा कार्यरत २७ जना र १ जना गल्छी गाउँपालिका वडा नम्बर ६ निवासी रहेको पनि ज्ञावालीले बताउनुभएको छ ।

यसैगरि त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का ४६ र ३६ वर्षका पुरुष र २५ वर्षका महिलामा कोरोना संक्रमण पुस्टी भएको त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यमबहादुरश्रेष्ठले जानकारी दिनुभएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाबाट ४३ जनाको स्वाब कोरोना परिक्षणका लागि पठाइएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

८ जनामध्ये ३ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको हो भने ५ जना यसअघि नै कोरोना परिक्षण गर्दा पोजेटिभ आएका र १४ दिनपछि पुनः परिक्षणका लागि पठाउँदा पोजेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका ३ जना नयाँ सहित २१ जना कोरोना संक्रमित आइसोलेशनमा राखेर उपचार गरिरहेको गाउँपालिकाले जनाएको छ ।कोरोना संक्रमण पुस्टी भएकाहरु कसैलाई पनि लक्षण नदेखिएको र सबैलाई आइसोलेशसनमा राखिएको धादिङ स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।

यो समेतगरि धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय १६ पुगेको छ । कोरोना संक्रमित भएकार निको हुनेको संख्या १ सय ७७ रहेको धादिङ स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।