तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

0
Shares

काठमाडौ । झापा, दमक नगरपालिका–३ बेलडागी बस्ने मनु गुरुङको घरमा तास खेलिरहेका ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने प्रकाश राई, नरेश दाहाल, कुमार तामाङ, बिर्ख मान राई र शन्तबीर तामाङ रहेका छन् । तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले १ लाख ५७ हजार रुपैयाँ र १ बुङ तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका–१५ पाठकचोक बस्ने याम बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने राजेन्द्र केसी लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ३ गड्डी तास र ३० हजार ३ सय ९५ रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।