बजार वृद्धिसँगै शेयर लगानीकर्ताको सम्पत्ति सवा २० खर्ब पुग्यो


नेपाल समाचारपत्र, काठमाडौं

शेयर बजारमा सुधार भएसँगै लगानीकर्ताको सम्पत्ति पनि वृद्धि हुँदै गएको छ । अहिले शेयर बजारमा लगानीकर्ताको कुल सम्पत्ति सवा २० खर्ब रुपियाँ पुगेको छ । जुन कोरोना कहरपछिको सबैभन्दा उच्च हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताभर भएको कारोबारबाट नेप्से परिसूचक १० दशमलव २७ अंकले वृद्धि भएसँगै समग्र बजार पुँजीकरण २० खर्ब २१ अर्ब ७४ लाख रुपियाँ पुगेको छ । यसअघि नेपालमा कोरोनाको कहर शुरू हुनै लाग्दा समग्र बजार पुँजीकरण २० अर्ब रुपियाँकै हारहारीमा रहेको थियो ।

नेपालमा कोरोनाको कहर शुरू हुनै लाग्दा समग्र बजार पुँजीकरण २० अर्ब रुपियाँकै हारहारीमा रहेको थियो । शेयर बजारमा लगानीकर्ताको कुल सम्पत्ति वृद्धि हुनुमा ‘नेप्से बुलिस ट्रेन्ड’मा रहनुका साथै यसबीचमा आधा दर्जनको हाराहारीमा नयाँ कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएकाले समग्रमा लगानीकर्ताको सम्पत्ति धेरै देखिएको यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

शेयर बजारमा लगानीकर्ताको कुल सम्पत्ति वृद्धि हुनुमा ‘नेप्से बुलिस ट्रेन्ड’मा रहनुका साथै यसबीचमा आधा दर्जनको हाराहारीमा नयाँ कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएकाले समग्रमा लगानीकर्ताको सम्पत्ति धेरै देखिएको यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

बजारमा उतारचढाव हुँदै गर्दा अहिले नेप्सेले १५ सयको बिन्दु पार गरिसकेको छ । यद्यपि, नेप्सेलाई १४ सयको टेवा बिन्दुले अझै छोडेको छैन । यो साता कुल पाँच कारोबार दिनमध्ये शुरूका दुई दिन घटे पनि पछिल्ला तीन दिनमा परिसूचक उकालो लाग्दा साताको समग्र परिसूचक १० अंकभन्दा बढीले नेप्से परिसूचक १५२० दशमलव ६९ बिन्दुमा पुगेको छ।

साताभर कुल २०३ कम्पनीको २ करोड ६९ लाखभन्दा बढी कित्ता शेयर ११ अर्ब ५२ करोड २६ लाख रुपियाँमा किनबेच भएको छ। जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ३५ करोड ८२ लाख रुपियाँको शेयर खरिदबिक्री भएको छ । साथै समूहगत आधारमा यस साता व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १४ दशमलव ५९ प्रतिशत बढेको छ ।