कर्णालीमा २१ जनालाई कोरोना संक्रमण

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णालीमा प्रदेशमा शनिवार थप २१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल सुर्खेत/पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई जना गरी २१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सातसय ७६ पुगेको छ ।

तीन जना थुनुवा संक्रमित

सामाजिक विकास मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा तीन जना थुनुवा, ८ जना सुरक्षाकर्र्मी र तीन जना बैंकका कर्मचारीहरु रहेका छन । उनीहरूको स्वाब जनस्वास्थ्य कार्यालय सुर्खेतको परिसरबाट संकलन गरिएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ६ जना, दैलेख ५ जना, बर्दियाका ३ जना, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका १/१ जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
कर्णालीमा १६ जनाले कोरोना जिते

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६ जना डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा ठाँटीकाँध आइसोलेशन सेन्टर दैलेखवाट १ जना, मुसीकोट आइसोलेशन सेन्टर रुकुम पश्चिमवाट ६ जना,वनागाड आइसोलेशन सेन्टर सल्यानवाट ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट ६ जना रहेका छन ।

योसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुईहजार तीनसय ९५ जना पुगेको छ । कर्णालीमा संक्रिय विरामीको संख्या तीनसय ७५ जना रहेको कंडेलको भनाई छ ।हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।