न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना संक्रमणबाट एकैदिन थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृतकको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुनसरीमा ४३ वर्षीय पुरुष, पर्सामा ७८ वर्षीया महिला, काठमाडौंमा ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरमा ७२ र ३८ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीया महिला, स्याङजामा ८५, गोरखामा ४५, कास्कीमा ५१, रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार २०१ कोरोना भाइरस संक्रमित थपिएका छन् ।











प्रतिक्रिया