न्युज अफ नेपाल, काठमाडौं ।
आज थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५३ हजार १२० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घन्टामा थप ८५२ जना डिस्चाजै भएसँगै संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५५४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ। ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन्।











प्रतिक्रिया