अस्पतालको लापरवाही : दाहसंस्कारपछि कोरोना पुष्टि, सयौँको संख्यामा मलामी

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

पोखराको फिस्टेल अस्पताल स्तन क्यान्सर र मिर्गौला सम्बन्धी उपचार गराइरहेकी एक महिलाको २ दिनअघि मृत्यु भएको थियो । मृतक महिलाको दाहसंस्कारपछि उनमा कोरोना संक्रमण भएको थाहा भयो ।

मृतक महिला कोरोना संक्रमित रहेको पुष्टि भएपछि उनको उपचारमा संलग्न चिकित्स र नर्स हाल क्वारेन्टिनमा बसेका छन् । शुक्रबार  सेती नदीमा दाहसंस्कार गर्ने क्रममा राजनीतिक र समाजसेवीलगायत एक सय जना भन्दा बढी व्यक्ति उपस्थित भएका थिए । मृतक महिलाको कोरोना रिपोर्ट शनिबार आएको छ जसमा कोरोना पोजिटिभ देखिएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले स्वाब लिइसकेको व्यक्तिको शव परिवारलाई बुझाउनु अस्पतालको मनपरी रहेको जनाएका छन् । उनले यस घटनाबारे फेसबुकमा ७ प्रश्न उठाएका छन्।

उनले भनेका छन् ‘नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल सञ्चालकलाई थाहा नभएको हो ?,’ शर्माको प्रश्न छ, ‘कि अस्पताल प्रशासनले प्रदेश सरकारलाई अटेरी गरिएको हो?  अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?’ यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?