न्युज अफ नेपाल, चितवन ।
रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत
दुई सैनिकको मृत्यु भएको छ।
कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
सुवेदार श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने जवान कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।











प्रतिक्रिया