गण्डकी प्रदेशमा ४५ कोरोना सङ्क्रमित थपिए

0
Shares

गण्डकी ।

गण्डकी प्रदेशमा ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा नवलपरासी ९बर्दाघाट सुस्ता पूर्व० देबचुली ३४, कास्कीको पोखरा महानगरपालिका १० र गोरखाको आरुघाटका एकजना रहेका छन् ।

शुक्रबार राति १ः१५ बजे पोखरा महानगरपालिका–५ की ४५ वर्षीय महिलाको पोखरास्थित फिष्टेल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोनाको सङ्क्रमणले हालसम्म २४ जनाको मृत्यु भएको छ ।

प्रदेशमा हालसम्म ५५ हजार ६९९ जनाको पिसिआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनामा कोरोना सङ्क्रमण देखिएको छैन भने उपचारपछि एक हजार ८४९ जना निको भइसकेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९९२ जना रहेको निर्देशनालयले जनाएको छ ।