गोठ भत्किएर दुई बालकको मृत्यु, दुई घाईते

0
Shares

रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–१ किलाचौरमा गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ भने दुर्इ जना घाइते भएका छन्।

अविरल वर्षाका कारण गोठ भत्किएपछि सुतिरहेका युवराज घर्ती र अमरसिंह घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घटनामा मृतककी आमा ३० वर्षीया नन्नकली घर्ती र हजुरआमा विरमाली घर्ती घाइते भएका छन्। नन्नकली सामान्य घाइते भएको र विरमालीलाई उपचारका लागि सुलिचौरतर्फ लगिएको छ।