बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

0
Shares

 

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीका एक कोरोना संक्रमितको निधन भएको छ ।

ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो।