सवारी पास किर्ते गर्ने एक पक्राउ

0
Shares

काठमाडौँ ।

विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पास किर्ते गरेको फेला पारेपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्ने डिलरका प्रतिनिधि गोरखा आरुघाट घर भई हाल कपुरधारा बस्ने विश्वप्रकास पनेरु रहेका छन् ।

उनलाई शङ्कास्पद कागजातसहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको व्यूरोका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनको साथबाट कोभिड–१९ सङ्कलन व्यवस्थापन केन्द्रबाट सही गरेको र नगरेको सवारी पाससमेत बरामद गरिएको जनाइएको छ । उनले यसरी किर्ते गरेर प्रतिपास रु दुई हजार लिने गरेको खुल्नआएको छ ।