सरुवा भई तनहुँ आएका सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना संक्रमण

0
Shares

मिला दरै, तनहुँ  ।

तनहुँमा ५ सशस्त्र प्रहरी सहित १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका स्थित मनकामना सशस्त्र प्रहरी बल गणका ५ सशस्त्र प्रहरी सहित आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका स्थानीयमा भाइरस पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालायले जनाएको छ ।

निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भानु स्थित सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भानुमा कोरोना संक्रमण भएका सशस्त्र प्रहरी चितवनको भण्डार स्थित श्री ३ नम्बर बाहिनीबाट सरुवा भई आएको खुलेको छ ।

उनीहरु सुरुवा भएर आएपछि गणले भदौ २३ गते स्वाब संकलन गरी पिसिआरा परीक्षणको लागि पठाएकोमा रिर्पोट पोजिटिभ आएको हो । गणका १० सशस्त्र प्रहरीको स्वाब नमूना संकलन गरी पिसिआर परीक्षणका लागि पोखरा पठाइएको थियो । ५ जनामा संक्रमण पुष्टि भएको भानु नगरपालि स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको हो ।

त्यस्तै, भानु नगरपालिका–१ का ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, भानु–६ का ६२ वर्षीया महिला, ५१ र ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका–५ का ५९ वर्षीय पुरुष, आँबुखैरेनी–३ का ५१ वर्षीय पुरुष र भिमाद–६ का २० वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको छ ।