कीर्तिपुरका एक घरबेटीले गरे डेरावालको हत्या

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँका एक घरबेटीले आफ्नै घरमा डेरा गरी बस्ने एक युवकको हत्या गरेका छन् ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा आफनै घरमा डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका–५ का ४८ वर्षीय शम्भु चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेका छन् ।

महर्जनको प्रहारबाट गम्भीर घाइते भएका चौधरीको कीर्तिपुर मोडल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका महर्जनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।