लागूऔषध सहित दुई युवा पक्राउ


न्युज अफ नेपाल, पाल्पा ।

प्रहरीले पाल्पामा लागूऔषध दुइ जना युवालाई पक्राउ गरेको छ । प्रभास चौकी प्रभास पाल्पाले पाल्पा रामपुर नगर पालिका वडा नं ३, बस्ने बर्ष ३१ को सुरेन्द्र घिमिरे र सोही स्थानका २४ को प्रमोद घिमिरेलाइ लागूऔषध सहित पाल्पाको डुमेबाट पक्राउ गरेको हो ।

वा ७० प २९४४ नम्वरको मोटरसाइकल सहित उनीहरु पक्राउ परेका हुन । प्रहरीले उनीहरुको साथबाट डाईजेपाम ४ पिस, आईपिपिएल २ पिस र सिरिन्ज २ सेट फेला परेको जनाएको छ । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।