दिनहुँ हजारौंको संख्यामा भेटिन थाले कोरोना संक्रमित, आज मात्रै १ हजार ४५४ जना थपिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ९१९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घन्टामा थप ९७२ जना डिस्चार्ज भएसँगै आलसम्म संक्रमणमुक्त हनेको संख्या ३६ हजार ६७२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ ।

यस्तै, ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।