कर्णालीमा ३० संक्रमित थपिए

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशमा कोरोना भाइरसका ३० जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा शुक्रवार सार्वजनिक गरिएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा३० जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय ५५ पुगेको छ ।

प्रदेश अस्पताल कालागाँउ सुर्खेत, पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थपिने संक्रमितहरू सुर्खेतका ९ जना,कालीकोटका २ जना, दैलेखका ३ जना, जुम्ला ३ जना, सल्यानका २ जना रहेका छन ।

मन्त्रालयका अनुसार वर्दियाका ४ जना, जाजरकोटका १ जना, हुम्लाका १ जना, रुकुम पश्चिमका १ जना, काठमाण्डौका १ जना, ताप्लेजुङ्गका १ जना, ललितपुरका १ जना र गुल्मीका १जना रहेका छन । संक्रमित हुनेमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीका प्रेस सल्लाहकार धु्रव विक्रम वुढाथोकी सहित ३ जना पत्रकार समेत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना जितेर १५ जना घर फर्के

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १५ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर डिस्चार्ज हुने २ हजार ३ सय ७९ जना रहेका छन । पछिल्लो २४ घण्टामाप्रदेश अस्पताल सुर्खेतवाट ८ जना र वीरेन्द्रनगर आइसोलेशन सेन्टर सुर्खेतवाट ७ जना रहेका छन ।

प्रदेशभर सक्रिय संक्रमित ३ सय ७० जना रहेका छन । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।