कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

0
Shares

यमलाल भुसा, बुटवल ।

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उहाँको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनु भयो। उहाँमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालद्वारा जारीे प्रेस विज्ञप्तिमा उल्लेख छ ।