सुन्दरी नायिका वर्षाको प्रेममा छन् नायक पल शाह ?


काठमाडौँ ।

गायक किशोर शिवाकोटीको् सुमधर स्वरमा सजिएको ‘पर्ख तिमीलाई’को भिडियो सार्वजनिक भएको छ ।  गीतकार एकनारायण भण्डारीको शब्द लोकप्रिय गायक तथा संगीतकार सत्य स्वरुपको संगीत समावेश गीतमा  बहुचर्चित मोडत तथा नायक पल शाहसँग सुन्दरी नायिका वर्षा शिवाकोटीको जिवन्त अभिनय रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको गीत किशोरको त्रिब्युट एल्बममा समावेश छ । पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाकोको छायांकन रहेको छ भने सम्पादन विकाश धमलाले गरेका हुन् ।

सार्वजनिक गीतको भिडियो केके म्यूजिकबाट बजारमा ल्याइएको हो । गायक शिवाकोटीले यसअघि गुराँश फुल्यो बनैभरी बोलको गीतको भिडियो बजारमा ल्याएर चर्चा कमाएका थिए ।