एकबाट अर्को जिल्ला आवतजावत गर्नेले आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने र एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने सबैलाई आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्नु निर्देशन दिएको छ ।

यस्तै, १४ दिनसम्म क्वारेन्टिन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षण गर्नुनपर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए ।

एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने र विदेशबाट आउने व्यक्तिले आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु उनले बताए । यस्तै, पीसीआर टेस्ट महँगो र धेरै समय लाग्ने भएका कारण एन्टिजेन टेस्ट गर्न सरकारले स्वीकृती दिएको छ।