ठूलो मात्रामा लागू औषध बरामद


काठमाडौ ।

मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको सल्लाघरी क्षेत्रमा लागू औषधको कारोवार भइरहेको सूचना पाएको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले नां३ ख ९८९ नम्वरको ट्रकबाट ठुलो मात्रामा अबैध लागू औषध बरामद गरेको छ ।

प्रहरीले ट्रक चालक डम्वरबहादुर प्रधान र सहचालक शंकर खड्का र बिष्णु प्रधानलाई पक्राउ गरेको छ । उनीहरुले उक्त लागू औषध उक्त ट्रकको चालकको सिटमुनि लुकाई राखेको अवस्थामा बरामद गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

प्रहरीले डाइजापाम २हजार ९ सय ५० पीस, नाइट्रोभेट ३ हजार एम्पुल, प्रोमोथाइजिन २हजार ९ सय ५०, नोपिन १हजार ५ सय र ब्रुफोनोर्पिन १ हजार ५ सय एम्पुल बरामद गरेको छ ।