कांग्रेस महामन्त्री कोइरालालाई कोरोनाको आशंका, पुन स्वाव परीक्षणकालागि पठाइयो

0
Shares

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाई कोरोना संक्रमणको आशंका गरिएको छ।

सोमबार १०४ ज्वरो आएपछि कोइरालको स्वाब परिक्षणका लागि ह्याम्स अस्पताल लगिएको थियो। तर ह्याम्स अस्पतालले यकिन रिपोर्ट दिन नसकेपछि फेरि टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुनः परिक्षणका लागि पठाइएको छ ।

डा. कोइरालालाई सोमबार ज्वरो आए पनि मंगलबार भने अवस्था सामान्य रहको पारिवारिक स्रोतले जानकारी दिएको छ। कोरोनाको आशंका लागिपछि कोइरालकाको परिवार र सुरक्षाकर्मीसहित थप १९ जनाको स्वाव परिक्षणका लागि स्टार हस्पिटल लगिएको छ।