आज महानगरका ४ वटा वडामा ४९५ जनाको स्वाब संकलन हुँदै

भदौ २२ गतेसम्म पिसिआर बिधिबाट नमूना संकलन भएका ७ हजार १४८ मध्ये ३४० जनामा पोजेटिभ


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरमा भदौ २० गतेसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ७६३ कोरोना पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या २ हजार ३६२ जना, होम आइसोलेसनमा रहनुहुनेको संख्या १ हजार २२२ र अस्पतालमा उपचार गराइरहनु हुनेको संख्या १ हजार १४० पुगेको छ ।

सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवरकाअनुसार यस आजसम्ममा २७ जनाको मृत्यु भएको छ भने ९६० जना निको भएर फर्किनुभएको छ ।

विवरण नखुलेका संक्रमितको संख्या ४१४ छ भने कन्ट््याक्ट टे«सिङ्मा ७ हजार १४८ जनाको पिसिआर बिधिबाट परीक्षण गरिएको छ । जसमध्ये ३४० जनामा संक्रमण देखिएको छ ।

आज वडा ४, ६, १० र १३ मा कन्ट््याक्ट टे«सिङ्बाट ४९५ जनाको स्वाब संकलन हुँदैछ । वडा ४ मा ८० जनाको, ६ मा १०६ जनाको, १० मा १०० जनाको र १३ मा २०९ जनाको स्बाव लिने लक्ष्य राखिएको निर्देशक कुँवरले जानकारी दिनुभयो ।