कोरोना संक्रमणले सामाजिक र आर्थिक अवस्था नराम्ररी प्रभावित

0
Shares

भगवती तिमल्सिना, काठमाडौ । 

नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय परिवार परिवारमा बढेको छ । यसो हुनुको प्रमुख कारणमा लकडाउन खुकुलो भएका समय अनुसासनको पालना कम भएको र खुलेआम मानिसहरु बजार, सार्वजनिक यातायातका साधन प्रयोगमा बढेको र दोस्रो लकडाउँमा पुनः सबै घर फर्किएर परिवारका साथ बसेका कारण परिवार परिवारनै संक्रमित संख्या बढेको स्वास्थ्य विशेषज्ञहरुले औल्याएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको राष्ट्रिय अध्यावधिक विवरण अनुसार ७ वटा प्रदेशको २४ घण्टाको तथ्यांक अनुसार निको हुनेको संख्या ६५ प्रतिशत रहेको जनाएको छ । बढी संक्रमित रहेका प्रदेशहरुमा प्रदेश नं २ पहिलो स्थानमा छ भने बागमती प्रदेश दोस्रो, प्रदेश नं १ तेस्रो र प्रदेश नं ५ चौथो स्थानमा रहेको उल्लेख गरिएको छ ।

सोमबारसम्म कुल ४७ हजार २ सय ३६ जना संक्रमित पुष्टि भएका छन् । हाल सम्म प्रदेश नं २ मा सक्रिय संक्रमित मध्ये ६ सय १८ जना क्वारेन्टाईनमा छन भने ८ हजार ७ सय ९७ जना डिस्चार्ज भएका छन् । प्रदेश नं. ५ मा १ हजार १७ जना क्वारेन्टाईनमा छन भने ५ हजार ४ सय ८१ जना डिस्चार्ज भएका छन् । सुदुर पश्चिम प्रदेशमा ६ सय ३३ जना क्वारेन्टाईनमा छन् भने ५ हजार ३ सय ८० जना डिस्चार्ज भएका छन् र बागमती प्रदेशमा ४ सय ६१ जना क्वारेन्टाईनमा छन् भने ४ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् ।

त्यसैगरि प्रदेश नं १ मा ९ सय ७२ जना क्वारेन्टाईनमा छन् भने २ हजार ६ सय ७९ जना डिस्चार्ज भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ४ सय ४४ जना क्वारेन्टाईनमा छन् भने २ हजार ३ सय ४९ जना डिस्चार्ज भएका छन् र गण्डकीमा ५ सय ९४ जना क्वारेन्टाईनमा छन् भने १ हजार ८ सय ४१ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी आईसियु र भेन्टिलेटरमा उपचाररतमा बागमती प्रदेशमा सबैभन्दा बढी १ सय ११ जनामा १८ जना भेन्टिलेटरमा छन् । त्यसैगरी प्रदेश नं २ मा २४ जना आईसियुमा छन् भने प्रदेश नं ५ मा २१ जना आईसियू र २ जना भेन्टिलेटरमा राखी उपचार गराईएको छ । यसका साथै आईसियुमा प्रदेश नं १ मा ६ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णालीमा ३ जना र सुदुर पश्चिममा १ जनाको उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाँचसय भन्दा बढी संक्रमित रहेका प्रदेश तथा जिल्लाहरुमा प्रदेश नं १ को मोरङ र सुनसरी, प्रदेश नं २ मा धनुषा, पर्सा, बारा,रौतहट, सर्लाही छन भने बागमती प्रदेशमा काठमाडौ, ललितपुर, चितवन रहेका छन् । त्यसैगरी प्रदेश नं ५ मा रुपन्देशी रहेको छ । सोमबार सम्म ४ वटा प्रदेशका ११ वटा जिल्ला बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सोमबार मृत्यु हुने ११ जनामा प्रदेश नं १ मा मोरङका ७६ बर्षिय पुरुष, प्रदेश नं २ मा सिरहाका ८७ र ६२ बर्षिय पुरुष र सर्लाहीका ३५ बर्षिय पुरुष रहेका छन् । त्यस्तै बागमती प्रदेशमा दोलखाका ६९ बर्षिय पुरुष, मकवानपुरका ३९ बर्षिय पुरुष, काठमाडौका ३७, ९० र ८३ बर्षिया महिला रहेका छन् । त्सैगरी प्रदेश नं ५ का ५९ बर्षिय पुरुष रहेका छन् । सोमबार सम्म कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । यो संक्रमितको संख्याको सुन्य दशमल्भ ६४ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सोमबारको १ सय ६८ औं मिडिया ब्रिफिङमा विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा मूख्यरुपमा समाजिक र आर्थिक अवस्थालाई नराम्ररी प्रभाव पारेको बताउँनुभयो ।

उहाँले यो असरका कारण दिगो विकासमा नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस भाइरस विरुद्धको कुनै औषधि र भ्याक्सिन अझै सम्म आधिकारीक रुपमा पुष्टि भएको प्रमाण फेला पर्न सकेको छैन् । विश्व समुदाय यस रोगको रोकथाम एवम् नियन्त्रणका लागी रोगको परिक्षण, विरामीको उपचार, कन्ट्याक्ट ट्रेसिङबाट आएका सकाशपद व्यक्तिलाई क्वारेन्टाइन, ठूला भेला, सभा, समारोह,समूह छलफललाई निषेध गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको अवस्था छ ।

नेपालमा यो दोश्रो चरणको लकडाउन भइरहेको छ र केहि दिन पछि समयावधि पनि समाप्त हुँदैछ, अझ पनि काठमाडौ उपत्यका लगायत विरगञ्ज, भरतपुर , विराटनगर, बुटवल, नेपालगञ्ज, धनगढी जस्ता बाक्लो वस्ती भएका स्थानहरुमा अझ पनि सक्रमण बृद्धि भएको अवस्था कायमै रहेको बताउँनुभयो ।

प्रवक्ता गौतमले भन्नुभयो-‘ कोभिड १९ प्रकोपको अवस्था र स्थान विशेषको आकलन गरि थप प्रभावकारी कामहरु गर्ने विषयमा सम्बन्धित निकायबाट समन्वय र सहजिकरण हुदैं जाने छ । यस्तो अवस्थामा विशेष गरि गरिव तथा श्रमजिवी ब्यक्तिहरुमा यस समस्याबाट अफठ्यारो अवस्था सृजना भएकोछ । त्यसकारण मानिसको सेवा गर्नु नै भगवानको सेवा गर्नु हो भन्ने सोचि धेरै ब्यक्तिहरु, समुदाय, सघ सगठनहरुबाट सहयोग र सेवामा जुटनु पनि भएको छ । ‘

नेपाल सरकारको सम्पूर्ण सयन्त्र विशेष गरि चिकित्सक, नर्स, पारामेडिक्स, प्रयोगशाला विज्ञहरु लगायत अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारीहरु अहोरात्र खटिएको अवस्था छ । यस्ता उदाहरणीय ब्यक्तिहरु प्रशंशाका पात्र हुनुहुन्छ । वहाँहरुलाई थप हौसला प्रदान गर्नु हुन अनुरोध गर्दछु । यो अवस्थालाई अझ प्रभावकारी बनाउन विभिन्न सचार माध्यमबाट भएका क्रियाकलाप, सल्लाह र सुझावहरुको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हृदयगम गरि कोभिड १९ को दिगो ब्यवस्थापनका लागि मार्ग चित्र तयारीमा जुटि रहेको छ । कोभिड विरुद्धको लडाइमा सवै तह र तप्काबाट सामुहिक प्रतिवद्धता एवम् कार्यान्वयन भएमा मात्र सफलता हात पर्दछ । आफु बचौ, आफ्नो परिवारलाई बचाऔं, सामाजिक सदभाब कायम गरौं ।