बागमती प्रदेशकी उपसभामुख तामाङ्ग : जनयुद्धले बोनस दियो, कोरोनाले उपहार


कृष्णउदास खनाल, हेटौंडा ।

बागमती प्रदेशकी उपसभामुख राधिका तामांग पूर्व माओवादीकि हुनुहुन्छ । जनयुद्ध ताका धेरै मोर्चामा उहाँको सहभागिता रह्यो । माओवादी जनयुद्धमा बोनस पाएको जीवनमा कोरानाले धावा बोल्यो तर तामांग आमा छोराले नै अन्ततः पराजित गर्नुभयो कोरोनालाई । आफ्नो निर्वाचन क्षेत्र नुवाकोटमा जाने आउनेक्रम बाक्लो थियो,तामांगको । त्यो स्वभाविक पनि हो । कोरोनाको त्रास छ भनेर आफ्नो जनतालाई नभेट्ने कुरा पनि त भएन,अनि तामांग आफ्नो निर्वाचन क्षेत्र नुवाकोट जानुभयो अनि जनताको सेवामा लाग्नुभयो ।

हेटौंडा आएपछि उहाँ आफू गएको एक वडाका अध्यक्षमा कोरोना संक्रमण भएको र कन्ट्याक ट्रेसिंगमा परेको कुरा चिकित्सकहरुले भनेपछि उहाँको सबै परिवारले हेटौंडामा पिसिआर परिक्षण गराउनुभयो र संयोग उहाँ र छोरामा मात्रै साउन ३२ गते कोरोना पुष्टी भयो ।

त्यसपछि उहाँ र छोरा होम आइसोलेनमा बस्नुभयो । आफ्नो जनता,शुभचिन्तक। आफन्त सहितको ब्यक्तिहरुको हौसालाले उहाँलाई सहज बनाइदियो कोरोना पराजित गर्न । कोरोना पराजित गर्नका लागि प्रत्येक दिन एउटा नियम बनाउनुभयो तामांगले अन्ततः करिब दुई हप्ताको अवधिमा पराजित भयो आमा छोराबाट नै कोरोना ।जनयुद्धले एउटा अनुभव दिएको थियो,तामांगलाई कोरोनाले अर्को अनुभव सिकायो । संक्रमण हुनु स्वभाविक भएपनि हेंला गर्ने भाव गलत भएको उहाँको बुझाइ छ ।

उहाँले आफ्नो शरिर अनुसार आर्यूवेदिक कुरामा जोड दिन समेत संक्रमतिहरुलाई सुझाव दिनुभयो । गर्मी शरिर भएकाहरुले बेसारपानी कम सेवन गर्नुपर्ने,ग्याष्टिक भएकाहरुले कागतीपानीको सेवनमा ध्यान दिनुपर्नेमा उहाँको सुझाव छ । जनयुद्धमा बोनस पाएको जीवन कोरोनाबाट उपहार पाउदा उनीमा हर्ष छाएको छ र उहाँले संक्रमितहरुलाई सामान्य नागरिकहरुकै जस्तो ब्यवहार गर्न अनुरोध गर्नुभयो ।

बागमतीमा कोरोनाबाट ८१ जनाको मृत्यु
बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हाल सम्ममा ८१ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएकाहरु अधिकांश अरु विभीन्न रोगले थलिएकाहरुमा कोरोना संक्रमण देखिएपछी मृत्यु भएको छ । यस प्रदेशमा मृत्यु भएकाहरु धेरैजसो काठमाण्डौं उपत्यका र चितवनमा उपचारको क्रममा मृत्यु भएका छन् ।

पछील्ला दिनमा कोरोना संक्रमबाट मृत्यु हुनेको दर वढेर गएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईले वताउनुभयो । कोरोनाबाट मृत्युहुनेमा धेरैजसो बृद्ध बृद्धा रहेको उहाँले वताउनुभयो । अरु विभीन्न रोगले थलिने र स्वाशप्रस्वासमा समस्या आएपछी संक्रमितको मृत्यु हुने गरेको छ ।कोरोना संक्रमणबाट धेरै बृद्धबृद्धाको मृत्यु भएकाले उनीहरुले सावधानी अपनाउनुपर्ने डाक्टर सेढाईले वताउनुभयो । बिभिन्न रोगले थलिएकाहरुलाई कोरोनाले छोएपछि बचाउनै समस्या भएको स्वास्थ्यकर्मीहरुले वताएका छन् ।