‘पर्ख पर्ख मायालु’ गीतबाट गायक कृष्ण काफ्लेले ५ करोड… पाए


नेपालगन्ज ।

विगत एक दशकदेखि नेपाली गीत संगीतमा अनवरत सक्रिय मेलोडियस गायकको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक कृष्ण काफ्लेले हालसम्म सयौं गीतमा आफ्नो सुमधुर आवाज दिइसकेका छन् ।

विशेषगरी नेपाली चलचित्र निर्माताको रोजाइमा पर्ने कृष्णले अधिकांश चलचित्रका गीतहरू गाएका छन् । प्राय सबै गीतहरु चलेका पनि छन् । त्यसमध्ये पनि उनले गाएको चलचित्र मंगलमको ‘पर्ख पर्ख मायालु’ बोलको गीत एक चलचित्रको गीत अत्याधिक हिट भयो। दर्शक स्रोताले अत्याधिक रुचाए पनि । जुन गीतबाट कृष्णलाई सांगीतिक क्षेत्रमा झन प्लस प्वाइन्ट भयो।

गीत अत्याधिक चल्यो। गीतमा कृष्ण र विन्दुको गायिकीलाई पनि एकदम प्रशंसा गरियो। गीत मात्रै चलेन , चलचित्र मंगलमले पनि राम्रै व्यापार गर्यो।

लोकप्रिय गायिका विन्दु परियार र कृष्णको स्वर रहेको उक्त गीतलाई युटुबमा करोडौं पटक हेरिएको छ। यतिसम्म कि कृष्णले यतिबेला ५ करोडको खुशी पाएका छन् । किनकी युटुबमा उक्त गीतलाई यो समाचार तयार पार्दासम्म ५ करोड ५० हजार बढी भ्युज मिलेको छ। गीतमा दिपक शर्माको शब्द संगीत रहेको छ।

गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका शिल्पा पोखरेलको डान्स रहेको छ। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई विष्णु कल्पित घिमिरेले खिचेका हुन् भने सम्पादन मित्रदेव गुरुङले गरेका हुन् ।

छबिराज ओझा र गुणा सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा गोबिन्द फुयालको कथा रहेको थियो।

यसरी आफुले गाएको गीतलाई ५ करोड बढी पटक युटुबमा दर्शकले हेरेपछि कृष्ण यतिबेला खुसी छन् । दर्शक स्रोताको यो मायाले गर्दा आगामी दिनमा झन गीत संगीतप्रती जिम्मेवार थपिएको कृष्ण बताउँछन् ।

पछिल्लो समय कोभिड १९ अर्थात कोरोना भाइरसले संगीत क्षेत्रलाई नराम्रोसंग असर पार्यो। तरपनि कृष्णको सक्रियता भने निरन्तर रहिरहेको छ। लकडाउमै कृष्णले गाएका केही गीतहरुले दर्शक स्रोताको अत्याधिक मन जितेका छन् ।