बहुप्रतिभाशाली बम्जनले ल्याए घुम्न आउँदा मैच्याङ


हेटौंडा, (नेस) ।

मकवानपुर थाहानगरका अमिर बम्जनको नयाँ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ।

बम्जनको आफ्नै शब्द, संगीत र स्वरमा घुम्न आउँदा मैच्याङ बोलको गीतको म्युजिक भिडियो थाहानगरबाट सञ्चालित थाहा एक्सप्रेस नामक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो। चाँद सिंहले एरेन्ज गरेको भिडियोमा सनुप श्रेष्ठको छायांकन र सम्पादन, रवि जिम्बाको निर्देशन र शर्मिला तामाङको कोरियोग्राफी रहेको छ। भिडियोमा महेश तामाङ, शर्मिला तामाङ, विवेक तामाङ, ज्योति स्याङ्तान र सनुप श्रेष्ठलगायत स्थानीय कलाकारको अभिनय छ। बहुप्रतिभाशालीअपांगता भएका कलाकार बम्जनसँग अचम्मको प्रतिभा छ । उनी मुखले कलम, कम्प्युटर, मोबाइल चलाउँछन्। उनको चित्रता इवानमा २ लाख रुपियाँमा बिक्री भएको थियो।

कलाकार बम्जन फरवेन्टग्लोबल लभ अफ लाइफ पुरस्कारबाट सम्मानित भएका छन्। ताइवानका पँर्वराष्ट्रपति मायिङज्यँले ताइवानमा उनलाई पुरस्कृत गरेका थिए। क्यान्सर पीडित ताइवानी कवि चोउ ताक्वानको स्मृतिमा उनका आमाबाबुले पुरस्कार स्थापना गरेका हुन्। यस अघि झमककुमारी घिमिरेलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो। उनलाई भँकम्पपछि उद्धार गरेर काठमाडौं लगेर उनका चित्रकला र गायन प्रतिभा विकासमा सहयोग गर्ने संस्था करुणा फाउन्डेसन नेपालले सहयोग गरेको थियो । ताइवानमा उनको चित्रकला प्रदर्शनी गरिएको थियो।

शारीरिक अपांगता भएका  बम्जनलाई सरकारले पनि सम्मान दिएको छ। युवातथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर काठमाडौंमा उनलाई चित्रकलातर्फ राष्ट्रिय युवाप्रतिभा सम्मान प्रदान गर्दा सम्मानसँगै उनले १ लाख रुपियाँ पनि प्राप्त गरेका थिए।

उनका निमित्त देश–विदेशबाट संकलित रकम अक्षयकोषका रूपमा राखिएको छ। मकवानपुर थाहानगरका करिब १९ वर्षीय उनका अरूका जस्तै सपना छन्, तर उनी शारीरिक कठिनाइका कारण सपना सहजै पँरा नहोलान् कि भन्ने चिन्तामा छन्। उनको न हात चल्छ, न खुट्टा नै। तर, उनले हरेस खाएका छैनन्। मुख र जिब्रोका भरमा उनी आफ्नो जीवन चलाइरहेका छन्, सपनालाई पछ्याइरहेका छन्। उनी भन्छन्– ‘म सँग विश्वास छ, आँट छ। म गर्न सक्छु।’मुखको सहयोगमा उनी लेख्नेमात्र होइन, राम्रा चित्र पनि बनाउँछन्। उनी गुनगुनाउँछन्– ‘जीवनका उकाली–ओराली समेटिएका गीतहरू।’यही अभ्यासले हुनुपर्छ, उनी गायक बन्ने सपना बुनिरहेका छन्। आफ्ना गीतका लागि आफैं शब्द कोरिरहेका छन्।

उनलाई स्कुल जान मन नलागेको होइन। विडम्बना, स्कुल उनको पहुँचमा रहेन। उनले स्कुल लैजाने–ल्याउने सहयात्री नपाएपछि अध्ययन बीचैमा छाडेकाथिए। त्यसैले होला, उनीसँग गुनासा पनि छन्। २०७२ वैशााख १२ को भँकम्पपछि उनको परिवार सामान्य टिनले छाएको छाप्रोमा जीवन बिताउन बाध्य थियो।